Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • अक्षरामा बनौं संस्कारी पाठ्यक्रम शुरु , मानवीय मूल्य बिर्सन नहुनेमा जोड

    अक्षरामा बनौं संस्कारी पाठ्यक्रम शुरु , मानवीय मूल्य बिर्सन नहुनेमा जोड

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । काँडाघारीस्थित अक्षरा स्कुलले बनौं संस्कारी पाठ्यक्रम शुरु गरेको छ । यही पाठ्यक्रममा सहयोग पुग्ने पुस्तकको शुक्रवार विमोचन गरियो । वरिष्ठ चिकित्सक डा. भगवान कोइराला, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई र पुस्तकका लेखक डा. राजु अधिकारीले संयुक्त रुपमा विमोचन गरेका हुन।

    पुस्तकबारे चर्चा गर्दै डा.कोइरालाले पछिल्लो समय आधारभूत मानवीय मूल्य विर्सदै गएको बताए । संस्कार विर्सेका कारण यस्तो भएकाले न्यूनतम मानवीय मूल्य विर्सदै गएको बताउँदै उनले भने,  ‘अहिले विज्ञान छ । प्रविधि छ । भौतिक विकास पनि छ । यी सबै चाहिन्छ । तर यसका साथमा मानव मूल्य पनि चाहिन्छ । मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मूल्य हुँदैन ।’
    कोइरालाले पुस्तकमा १०१ गुण हुनु पर्नेमा जोड दिएपनि सबै कार्यन्वयन गर्न गाह्रो हुने तर ५ वटा मात्रै धारण गरे भने पनि जीवन सफल हुने प्रतिक्रिया दिए ।
    प्रमुख निर्वाचन आयुक्त थपलियाले हामी सबै हाम्रा नानीबाबु असल होउन भन्ने चाहन्छौं तर कसरी असल बनाउन सकिन्छ भनेर ध्यान भने दिने नगरेको बतावताए ।



    उनले भने, ‘त्यही भएर हामी स्कुलको परीक्षामा राम्र अंक ल्याएर पास गर्छौ तर जीवनको परीक्षामा भने फेल भइराखेका छौं । असल समाज र असल व्यक्ति निर्माण गर्ने संस्कारी शिक्षाले नै भएको थपलियाले बताउनु भयो । थपलियाले भन्नुभयो, संसार बदल्ने हो भने पहिला आफै बदलिनु पर्छ । आफै बदलिन संस्कार जान्नु पर्छ । संस्कार सहितको शिक्षा हुनुपर्छ ।’



    स्कुलकी संस्थापक एवं प्रिन्सिपल अञ्जु भट्टराईले संस्कारयुक्त शिक्षा दिनकै लागि १२ वर्ष अघि स्कुलको स्थापना गरेको बताए  ।
    जतिसुकै व्यस्त भए पनि अभिभावकले बालबालिकालाई क्वालिटी टाइम र संस्कार चाहिं दिनै पर्नेमा लेखक अधिकारीले जोड दिए ।

    अक्षरा स्कुल संस्कारण नाम दिइएको पुस्तकमा संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्व, असल सन्तान नै अमुल्य सम्पत्ति, संस्कार युक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सद्गुण र शिष्टाचार, बनौ संस्कारी जस्ता विषय समेटिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार