Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रहरी र लागुऔषध कारोबारीबीच भीडन्त, घटनास्थलमै एकको मृत्यु

    प्रहरी र लागुऔषध कारोबारीबीच भीडन्त, घटनास्थलमै एकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    महोत्तरी- महोत्तरीमा लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग भएकाे प्रहरी भीडन्तमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजनकाे ज्यान गएकाे हाे।

    जारी लकडाउनका बेला पनि ठूलो मात्रामा लागुऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएका सादा पोशाकका प्रहरी र लागुऔषध कारोबारीबीच रामगोपालपुर ७ स्थित सडकमा राति करीब ८ बजेतिर भीडन्त भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। चारैतिरबाट घेरा हाली लागुऔषध कारोबारीले आक्रमण गर्न खोजेको र प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा अभियुक्त राजनको घटनास्थलमै मृत्यु भएको हो । उनीमाथि ६ राउण्ड गोली लागेको थियो ।



    त्यसैरी लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई प्रहरीले पक्राउ गरेको हाे । सो भिडन्तमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा प्रहरी जवान रामविहारी पासवान, मनोज साह र लालबाबु यादव गम्भीर घाइते भएको र उनीहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको जनाइएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार