Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • झाडापखालाबाट बालिकाको मृत्यु : १७ जना बिरामी, तीनको अवस्था गम्भीर

    झाडापखालाबाट बालिकाको मृत्यु : १७ जना बिरामी, तीनको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 879
    SHARES

    दाङ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ मा झाडापखालाबाट एक जनाको मृत्यु भएको छ । अन्य १७ जना बिरामी भएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

    झाडापखालाबाट राजपुर गाउँपालिका–७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षीया सम्झना परियारको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।



    झाडापखालाको प्रकोप फैलिएको खबरपछि गाउँ पालिकाले आजै आफ्नो स्वास्थ्य टोली खटाइसकेको र आफू पनि प्रकोपस्थलमै रहेको गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले बताए। स्थिति भयाबह हुन नदिन जिल्लामा डाक्टरसहितको टोली तयारी अवस्थामा राखेको अधिकारीले बताए ।



    झाडापखाला राजपुर गाउँपालिका–७ भैसाहीँनाका पलानगौरीकी ९ वर्षीया अस्मिता बुढा, २८ वर्षिय लालमति परियार, उनकी ३ वर्षीया छोरी सपना गम्भीर बिरामी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार