Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कोरोनाकाे सन्त्रास: काठमाडौंको ठमेलक्षेत्र सिल

    कोरोनाकाे सन्त्रास: काठमाडौंको ठमेलक्षेत्र सिल

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर–१६ को कालधारा ठमेलक्षेत्र सिल गरिएको छ । कालधारा अगाडि बस्ने ६९ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखा परेपछि काठमाडौं महानगरपालिका वडा नम्वर–१६ को ठमेलक्षेत्र सिल गरिएको हाे ।

    महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरीक्षक राजकुमार भट्टले दुई महिनाअघि अष्टेलियाबाट आएका ६९ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखा परेपछि ठमेलबाट खुशिँबु टाउनप्लानिङ निष्कने कालधारा मार्ग सिल गरिएको बताए।



    वडा जनप्रतिनिधिको आग्रहपछि स्वास्थ्य परिक्षण गर्न टेकु पुगेका श्रीमान र श्रीमती मध्ये ती पुरुषमा आइतवार कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो । हालसम्म नेपालमा ४२ जिल्लाका ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै हालसम्म ८७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । ३ जनाको मृत्यु भएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार