काठमाडौं । कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्यमा थप समस्या देखिएको छ । गिरिको न्युमोनिया गम्भीर अवस्थामा पुगेपछि बिहीबार बिहानदेखि भेन्टिलेटर सपोर्टमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।
भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर फर्कंदै गर्दा सामान्य न्युमोनिया देखिएपछि गिरि मेडिसिटी अस्पताल भर्ना थिए । अस्पतालले सुरुमा स्वास्थ्य अवस्थामा सुधार आएको बताएको थियो । तर, अहिले उनको स्वास्थ्य निरन्तर बिग्रिएर जटिल अवस्थामा पुगेको छ ।
घाँटीको क्यान्सर देखिएपछि गिरिको सुरुमा नयाँ दिल्लीमा उपचार भएको थियो । स्वरयन्त्रसँगै क्यान्सर देखिएपछि अप्रेसन गर्दा बोलिनै बन्द हुने भएकाले उनलाई किमो चलाएर उपचार गरिएको थियो ।
नयाँ दिल्लीको उपचारपछि गिरिको मुम्बईस्थित हिन्दुजा अहस्पतालमा ‘रेडिएसन’ उपचार भयो । त्यसबाट स्वास्थ्य अवस्थामा सुधार भएपछि गिरि नेपाल फर्किएका हुन् ।
Leave a Reply