Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • राष्ट्रपति भण्डारीले पुन: बनाइन् खतिवडालई अर्थमन्त्री

    राष्ट्रपति भण्डारीले पुन: बनाइन् खतिवडालई अर्थमन्त्री

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । अपरेसन थिएटर जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा दिएका डा. युवराज खतिवडालाई पुनः अर्थमन्त्रीमा सिफारिश गरेका छन्। मिर्गौला प्रत्यारोपणका लागि अपरेसन थिएटर जानुअघि प्रधानमन्त्री ओलीले बुधबार खतिवडालाई अर्थमन्त्रीमा सिफारिश गरेका हुन् । उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।

    प्रधानमन्त्रीओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई अर्थमन्त्री नियुक्त गर्नुभएको राष्ट्पति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।



    ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४ फागुन ०३ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिशमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



    खतिवडालाई आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाइने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । राष्ट्रियसभाका सांसद खतिवडाले आफ्नो दुई वर्षे कार्यकाल सकिएलगत्तै मंगलबार अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए । राष्ट्रपतिबाट मंगलबार नै राजीनामा स्वीकृत भएका खतिवडालाई प्रधानमन्त्रीले बुधबार नै फेरि अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पेका हुन् ।

    सांसद नरहेका व्यक्ति पनि ६ महिनासम्म मन्त्री रहन सक्ने संवैधानिक व्यवस्थालाई टेक्दै प्रधानमन्त्रीले खतिवडालाई फेरि मन्त्रीमा नियुक्त गरेका हुन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार