Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नागरिकता विधेयकबारे कानुनविद्‌सँग राष्ट्रपति भण्डारीको छलफल

    नागरिकता विधेयकबारे कानुनविद्‌सँग राष्ट्रपति भण्डारीको छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 846
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गरेकी छन्।

    प्रतिनिधिसभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहीबार संसदमा छलफल चलिरहेका बेला राष्ट्रपतिले शीतलनिवासमा संविधानविद्, कानुनविद् र सम्बन्धित सरोकारवाला पक्षहरुलाई बोलाएर छलफल गरेकी हुन्।



    छलफलमा सविधानविद् डा.सुरेन्द्र भण्डारी, संविधानविद् डा। भीमार्जुन आचार्य, संविधानविद् डा.विपिन अधिकारी, अधिकारकर्मी सुवोध प्याकुरेल, वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ र ध्रुवहरि अधिकारी लगायतको उपस्थिति थियो।



    छलफलमा सहभागीहरुले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रपतिले दिएको सन्देशलाई सरकार र संसदले गम्भीर रूपमा नलिएको टिप्पणी गरेका छन्।

    राष्ट्रपति विद्यादेवी भण्डारी सँगको छलफलका क्रममा उनिहरुले राष्ट्रपतिले संवैधानिक दायराअनुसार दिएको सुझावहरू मनन नगरी हठात र संसदीय मर्यादाविपरीत सरकारअघि बढेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार