Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • चेक बाउन्स मुद्धामा कांग्रेस क्षेत्रिय सभापति खड्का पक्राउ

    चेक बाउन्स मुद्धामा कांग्रेस क्षेत्रिय सभापति खड्का पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 879
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका क्षेत्रीय सभापतिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ का सभापति उद्धवबहादुर खड्कालाई पक्राउ गरेको हो ।

    भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई गोठाटारवाट पक्राउ गरिएको हो ।



    सभापति खडकाले पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाक धम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परे पछि बिहिवार साँझ उनलाई उनलाई पक्राउ गरिएको हो ।



    पक्राउ परेका खडका माथी अनुसन्धान जारी रहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार