Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • काठमाडौंकाे तापक्रम ३१.८ डिग्री सेल्सियस

    काठमाडौंकाे तापक्रम ३१.८ डिग्री सेल्सियस

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 3.9K
    SHARES

    Summer heat on the thermometer

    काठमाडौं । आइतबार यो वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौंका अधिकतम तापक्रम ३१.८ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।

    यस्तै, दिपायलमा ४० र धनगढी ४०.१ डिग्री सेल्सियस तापक्रम पुगेको छ । नेपालगञ्ज र भैरहवामा मा ३९.५, सिमरामा ३७.५ डिग्री सेल्सियस मापन गरिएको छ । वीरेन्द्रनगरमा ३६.८, दाङमा ३५.८ जनकपुर ३५.५ डिग्री तापक्रम मापन गरिएको छ।



    यसैबीच, हाल भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको छ। नेपालको पूर्वी भू-भागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।



    महाशाखाले पूर्वी र पश्चिमी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन /चट्याङ /हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार