Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • राष्ट्र बैंकले किन दियाे पूर्व राजा भएकाे नाेट प्रचलनमा नल्याउन?

    राष्ट्र बैंकले किन दियाे पूर्व राजा भएकाे नाेट प्रचलनमा नल्याउन?

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल राष्ट्र बैकले पूर्वराजाको तस्वीर भएका नोट प्रचलनमा रोक लगाएको छ । राष्ट्र बैकले बैक तथा वित्तीय संस्थाहरुका नाममा आइतबार एक सूचना जारी गर्दै पूर्वराजाको तस्वीर भएको नोट प्रयोग गर्न रोक लगाएको हो ।

    सूचनामा भनिएको छ,‘पूर्वराजाको तस्विर अंकित भएको नोटलाई पुन निस्काशन अयोग्य नोटको रुपमा वर्गिकरण गर्नुपर्नेछ र त्यस्ता नोटलाई चलनचल्तीमा पठाउनुहुँदैन ।’ त्यस्तै नोटहरुलाई जीवाणुरहित बनाएर मात्रै प्रचलनमा ल्याउन समेत बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।



    सूचनामा भनिएको छ,‘भुक्तानी वा सटही गर्नुपूर्व नोटलाई निश्चित प्रक्रिया अपनाई जीवाणु तथा भाइरसरहित बनाउनुपर्नेछ ।’ केन्द्रीय बैकले पुराना, झुत्रा नोटहरु समेत प्रयोगमा नल्याउन निर्देशन दिएको छ । बैक तथा वित्तीय संस्थाहरुलाई पुरानो नोटहरु नोट कोष वा राष्ट्र बैकमा बुझाउन भनेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार