Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नागरिकताविहीनहरुका लागि नागरिकता विधेयक ल्याइएको हो : गृहमन्त्री खाँण

    नागरिकताविहीनहरुका लागि नागरिकता विधेयक ल्याइएको हो : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 792
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकताविहीनहरुका लागि नागरिकता विधेयक ल्याइएको बताएका छन्।

    बिहीबारको प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयक २०७९ माथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाडले यस्तो बताएका हुन्।



    उनले भने,’नागरिकता विधेयकबारेमा चर्चापरिचर्चा चलेपनि नागरिकता नपाएका आम नेपालीलाई उपलब्ध गराउन नागरिकता विधेयक २०७९ ल्याइएको हो।’



    उनले आमा बाबु नेपाली नागरिक भएपनि तिनका सन्ततीले नागरिकता नपाएको बताए। अंगीकृत र जन्मसिद्धका आधारमा नागरिकता नपाएकालाई नागरिकता उपलब्ध गराउनु सरकारको कर्तव्य रहेको उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार