काठमाडौं । नेकपा माओबादी केन्द्रका सांसद वर्षमान पुनले नागरिकता जस्तो संवेदनशील विषयमा राजनीति गर्न नहुने बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको सन्दर्भमा पठाएको सन्देश र विधेयकमाथिको छलफलका क्रममा पुनले उक्त कुरा बताएका हुन् ।
पुनले भने, ‘राष्ट्रपतिले पठाएको नागरिकता पुर्नविचार सम्बन्धी सन्देशमा संविधानसँग बाँझिएको कुरा उल्लेख छैन ।
यो विधेयकलाई पास गरेर प्रमाणीकरणको लागि पठाउने व्यवस्था हुनुपर्छ । यो विधेयक अन्तिम होइन । अहिलको आवश्यकताका लागि प्रस्तुत गरिएको हो।’
सांसद पुनले कार्यकारी वा सरकारका दैनिक काममा प्रश्न उठाउनका लागि राष्ट्रपतिलाई संवैधानिक अधिकार नदिइएको बताए । पुनले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई संसद्बाट पारित गरेर प्रमाणीकरणका लागि पठाउनुपर्ने बताए ।
Leave a Reply