Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिकता विधेयक सहमतिमा टुंगो लगाऔं : सांसद श्रेष्ठ

    नागरिकता विधेयक सहमतिमा टुंगो लगाऔं : सांसद श्रेष्ठ

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 849
    SHARES

    काठमाडौं । सांसद कृष्ण गोपाल श्रेष्ठले नागरिकता विधेयक जबरजस्त पारित गर्न नहुने बताएका छन्।

    बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले बलपूर्वक नभइ सहमति गरेर नागरिकता विधेयक पास गर्न माग गरेका हुन्।



    उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीको यो कदमलाई स्वागत गर्दछौं। विधेयक बलपूर्वक र जबरजस्त होइन, सहमतिको आधारमा टुंगाउने प्रयास गरौं। यो सबैका लागि हित हुनेछ।’



    राष्ट्रपति भण्डारीले १५ बुँदै सन्देशसहित साउन २९ गते साँझ उक्त विधेयक संसदमै फिर्ता गरेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार