Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिकता विधेयक : पुनर्विचारका लागि विषयगत समितिमा पठाउन एमालेको माग

    नागरिकता विधेयक : पुनर्विचारका लागि विषयगत समितिमा पठाउन एमालेको माग

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकको छलफल प्रतिनिधिसभामा कसरी गर्ने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल भइरहेको छ ।

    कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमाले प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङले नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने माग गरेका छन् ।



    एमालेले नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने अडान लिएको हो । संसदका दुवै सदनबाट पास भइसकेको नागरिकता सम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए ।



    तर राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् । ३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त विधेयक हुबहु अघि बढाउने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार