Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बस र अटो एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु

    बस र अटो एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 1.1K
    SHARES

    रौतहट । यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा तीन जना यात्रुको मृत्यु भएको छ ।

    चन्द्रपुर- २ लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो। काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो आज बिहान ५ बजे एक आपसमा ठक्कर खाएका थिए।



    दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना मध्ये ३ जनालाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ । मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ।



    दुर्घटनामा परेको बस तथा चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार