Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिट बाँडफाँट टुंग्याउन कार्यदल सदस्यसहित बालुवाटारमा गठबन्धनको बैठक

    सिट बाँडफाँट टुंग्याउन कार्यदल सदस्यसहित बालुवाटारमा गठबन्धनको बैठक

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सिट बाँडफाँटका लागि गठित ५ दलीय सत्ता गठबन्धन कार्यदलका सदस्यसहित शीर्ष नेताहरुको बैठक बसेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पाँच दलका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु रहेका छन् ।



    प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा संसदबाट बिहीबार नै पारित गरेर पठाउन लागिएको नागरिकता विधेयक, प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचन, गठबन्धन दलबीच सिट बाँडफाँडलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ।



    सिट बाँडफाँड कार्यदलमा भएको प्रगति विवरण पनि बैठकमा पेश गर्ने एक नेताले जानकारी दिए। साउन २० गते गठन भएको कार्यदलले सिट बाँडफाँडको ठोस खाका तयार गर्न नसकेपछि गठबन्धन दलका शीर्ष नेताहरु नै छलफलमा जुटेका हुन्।

    सिट बाँडफाँटका लागि गठित ११ सदस्यीय कार्यदलमा बाँडफाँटको मोडालिटीमा सहमति जुट्न नसक्दा प्रतिवेदन तयार पार्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार