काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलले सिट बाँडफाँडको मोडालिटीबारे फेरि शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार कार्यदलको बैठक बसेको थियो ।
बैठकमा समिति संयोजक कृष्ण सिटौलालाई शीर्ष नेताहरूसँग भेटेर बाँडफाँटको मोडालिटीबारे छलफल गर्ने निर्णय गरेको सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनले भने ‘हामी निष्कर्षको चरणमा पुगेका छौँ । अहिलेसम्म भएका उपलब्धी शीर्ष नेताहरुलाई अवगत गराउने निर्णयमा आजको बैठक पुग्यो ।’
समितिका अर्का सदस्य रामसहया यादवले बैठकले २०७४ सालमा सम्पन्न भएको निर्वाचन र वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचन नतिजाको आधारमा सिट बाँडफाँटको एउटा आधार बनाउने सहमति भएको छ । उनका अनुसार शनिबार कार्यदलको अर्को बैठक बस्नेछ । सिटौला नेतृत्वको कार्यदलमा पाँच दलका ११ नेता सम्मिलित छन् ।
Leave a Reply