काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नरहेको अध्यक्ष थापाले बताएका हुन्।
धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गनुपर्ने उनको भनाई छ ।
उनले ट्वीटरमा लेखेका छन्, ‘गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो ।’
हिजो सम्पन्न भएको केन्द्रीय समितिको बैठकले पार्टीलाई पुर्ण रुपमा निर्वाचन केन्द्रित गराउने निर्णय गरेको छ ।
Leave a Reply