Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • उपत्यकामा एकैदिन ३१ सय ८७ जना सवारी चालकमाथि कारवाही

    उपत्यकामा एकैदिन ३१ सय ८७ जना सवारी चालकमाथि कारवाही

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 1.2K
    SHARES

     

    काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १८७ जना सवारी चालकलाई कारवाही गरेको छ ।



    ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



    कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९, लेन अनुशासन पालना नगर्ने १२८, रेड लाइटमा सवारी साधन चलाउने ११६, निषेधित क्षेत्रमा हर्न बजाउने १४६ र नम्बर प्लेट देखिने गरी नराख्ने २३ जना सवारी चालक रहेका छन् ।

    यस्तै, २ हजार ५९५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार