काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ ।
महाअभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार महाअभियोग सिफारिस समितिको बैठक आज बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा बस्न लागेको हो ।
पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुने बताइएको छ । प्रतिनिधिसभाले साउन २२ मा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा पठाए पनि बैठक बस्न सकेको थिएन।
जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए ।
Leave a Reply