Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • महाअभियोग सिफारिस समितिको बैठक भोलि बस्दै, जबराविरुद्धको महाभियोगमाथि अध्ययन हुने

    महाअभियोग सिफारिस समितिको बैठक भोलि बस्दै, जबराविरुद्धको महाभियोगमाथि अध्ययन हुने

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि महाअभियोग सिफारिस समितिको बैठक आह्वान भएको छ ।

    महाअभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार महाअभियोग सिफारिस समितिको बैठक बुधबार बिहान साढे ११ बजे सिंहदरवारमा बस्नेछ ।



    महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्ने विजनेश छ । विजनेश पाएको १० औं दिनमा महाअभियोग सिफारिस समितिको बैठक बस्न लागेको हो ।



    बुधबारको बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका एजेन्डा रहेको बताइएको छ ।

    १ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार