Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बालिकालाई करणी गरेको आरोपमा पक्राउ

    बालिकालाई करणी गरेको आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    दमक . बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना पक्राउ परेका छन् ।

    गौरीगञ्ज–१ महाभाराकी अन्दाजी १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्थानीयवासी अन्दाजी ४५ वर्षीय श्रीप्रसाद झालाई प्रहरीले पक्राउ गरेको प्रहरी चौकी कुन्जीबारीका इन्चार्ज दीपक कँडेलले जानकारी दिए ।



    पीडित बालिकाले घरमा जानकारी गराएपछि अभिभावकले इलाका प्रहरी कार्यलय झिलझिलेमा किटानी जाहेरी दिएको आधारमा झालाई घरबाट पक्राउ गरिएको उनले बताए ।



    पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइएको छ । पक्राउ परेका झाले करिब एक वर्षयता विभिन्न प्रलोभनमा पारेर ती बालिकामाथि शोषण गर्दै आएको पीडितको जाहेरीमा उल्लेख छ । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार