Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • डिल्लीबजार कारागारमा कैदीबीच झडप,ठुलो संख्यामा प्रहरी परिचालन

    डिल्लीबजार कारागारमा कैदीबीच झडप,ठुलो संख्यामा प्रहरी परिचालन

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप  भएको छ । कारागारमा झडप भएपछि अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । चौकीदार परिवर्तन गर्ने विषयमा झडप भएको स्रोतले जानकारी दिएको छ ।

    काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने क्यान्टिनमा बाँकीमा सामान दिन छाडेपछि सामान्य समस्यामात्र सिर्जना भएको दाबी गरेका छन् ।



    जेलभित्र नाइके र भाइनाइके हुन जेल प्रशासनका अधिकारी र प्रहरीसँग पनि सेटिङ मिलाइएको हुन्छ । गुण्डानाइकेदेखि मिटरब्याजी र नेतासमेत राखिने डिल्लीबजार कारागारमा त झन् नाइके हुनका लागि ठूलो चलखेल हुने गरेकोछ ।



    जेलभित्र नाइकेकै आदेश चल्ने भएकाले उसले त्यहाँ ब्यापार गरी अकूत कमाउँछ । नाइके र भाइनाइके भएकाहरु कैदीजीवन सकिएपछि पनि त्यहीँ बस्न पाए हुन्थ्यो भन्ने कामना गर्दछन् भन्ने भनाइ पनि प्रचलित छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार