काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज आयोगको कार्यालय जान लागेका हुन् ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताका गर्न दिएको समयावधि मंगलबार सकिँदैछ।
आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिह्नबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको छ । आयोगले साउन २२ देखि दल दर्ता सुरु गरेको थियो।
Leave a Reply