काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।
बैठकमा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल हुनेछ ।
आजको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको सहकार्यको बारेमा पनि छलफल हुने बताइएको छ ।
भट्टराईले माओवादीको चुनाव चिन्हबाट लड्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावबारे आजको बैठकमा छलफल हुने र अनुमोदन भएको खण्डमा सोही अनुसार निर्वाचन आयोग जाने गरी निर्णय हुनेछ ।
Leave a Reply