काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाले आजदेखि भदौको ३१ गतेसम्म संयुक्त सैन्य अभ्यास गर्दै छन् ।
२०६० सालदेखि हुँदै आएको एक्स ब्यालेन्स नेल अभ्यासको ३९ औँ संस्करणको तालिम आजदेखि सुरु हुन् लागेको हो । तालिमलाई रक्षा मन्त्रालयले स्वीकृति दिएको नेपाली सेनाले जनाएको छ ।
दुई देशको सेनाले साउन ३१ गतेदेखि भदौ ३१ गतेसम्म ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम गर्न लागेका नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।
सशस्त्र द्वन्द्वको कानुन, सैन्य निर्णय निर्माण प्रक्रिया लगायत विषयमा केन्द्रित हुने तालिममा नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना सहभागी हुनेछन् ।
तालिमका लागि टुकडी क्याप्टेनको नेतृत्वमा अमेरिकी सेनाको टोली सोमबार नेपाल आइपुगको छ ।
Leave a Reply