Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिकता विधेयक फास्ट ट्रयाकबाट पुनः राष्ट्रपतिसमक्ष पठाइने

    नागरिकता विधेयक फास्ट ट्रयाकबाट पुनः राष्ट्रपतिसमक्ष पठाइने

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 825
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसद्मा फिर्ता भएको नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट राष्ट्रपतिसमक्ष पठाउने तयारी गरिएको छ ।

    गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएको भन्दै विधेयक फिर्ता भए पनि सत्तारुढ दलले बहुमतको बलमा यसलाई जस्ताको तस्तै राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेको हो ।



    सभामुख अग्निप्रसाद सापकोटाले आइतबार गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्दप्रसाद कोइरालासँग छलफल गरेपछि कार्य व्यवस्था परामर्श समितिको बैठकबिनै मंगलबारको कार्यसूचीमा नागरिकता एन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सन्देशसहित फिर्ताबारे राष्ट्रपतिको कार्यालयको पत्र जानकारी गराउने विषय राखेका छन् ।



    फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल गर्ने गरिन्छ । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार