Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सिट बाँडफाँड प्रस्तावको जिम्मा कृष्णप्रसाद सिटौलालाई दिने कार्यदलको निर्णय

    सिट बाँडफाँड प्रस्तावको जिम्मा कृष्णप्रसाद सिटौलालाई दिने कार्यदलको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँडको प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो ।



    एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा विशिष्ट रूपमा हेरिने कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



    बुधबार दिउँसो ४ बजे बस्ने बैठकमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा संयोजकलाई दिइएको उनले बताए ।

    सत्ता गठबन्धनले अन्य ८४ वटा क्षेत्रको भाग करिब मिलाइसकेको छ । ती ८४ वटामा सत्ता गठबन्धनले जसले जितेको उसले नै लिने गरी करिब सहमति गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार