Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • इन्गेजमेन्ट तोड्ने निर्णय पितृसत्तात्मक सोचको विरुद्धमा हो : गायिका मेलिना

    इन्गेजमेन्ट तोड्ने निर्णय पितृसत्तात्मक सोचको विरुद्धमा हो : गायिका मेलिना

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । गायिका मेलिना राईले इन्गेजमेन्ट तोड्ने आफ्नो निर्णय ‘पितृसत्तात्मक सोचको विरुद्ध’ भएको बताएकी छिन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएकी हुन् ।

    उनले इन्गेजमेन्ट गर्ने आफ्नो निर्णय ‘समाजमा विद्यमान जातीय विभेदविरुद्ध’ रहे पनि त्यसलाई तोड्ने निर्णय पितृसत्तात्मक सोचका विरुद्ध रहेको बताइन् ।



    उनले समाजिक सञ्जालमा लेखेकी छन्, ‘मेरो पहिलो निर्णय – समाजमा विधमान जातीय विभेदको विरुद्धमा थियो । मेरो दोश्रो निर्णय – पितृसत्तात्मक सोचको विरुद्धमा हो । मेरो विचारमा मान्छे मान्छे विचमा हुने सबैखाले अन्यायको अन्त्य हुनुपर्छ । समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी छ ।’



    गायिका राईले गत साउन २० गते प्रेमी सञ्जीव बराईलीसँग ईन्गेजमेन्ट तोडेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार