काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक निष्कर्षबिहीन सकिएको छ ।
बालुवाटारमा बसेको बैठक बुधबार अपराह्न ४ बजे बस्नेगरी निष्कर्षबिहीन सकिएको हो ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकमा चाँडो भन्दा चाँडो आफूहरूले पाएको जिम्मेवारी पूरा गर्न कामलाई व्यवस्थित गर्नेबारे छलफल भएको छ ।
उनका अनुसार सिट बाँडफाँटका लागि ०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र ०७९ को स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार बनाइने छ ।
कार्कीले सिट बाँडफाँडको टुंगो चाँडै लाग्ने पनि बताए ।
Leave a Reply