Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विकासको वातावरण बनाउन आत्मनिर्भर अर्थतन्त्रको जग बसाउनु पर्छ : माओवादी अध्यक्ष प्रचण्ड

    विकासको वातावरण बनाउन आत्मनिर्भर अर्थतन्त्रको जग बसाउनु पर्छ : माओवादी अध्यक्ष प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 996
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताएका छन् ।

    सोमवार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।



    देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनु आवश्यक रहेको अध्यक्ष प्रचण्डले बताए । नेपाली मोडेलले नै देशको विकास हुनुपर्ने भन्दै देशको इतिहास, भुगोल, संस्कृति र जातिय बनावट अनुकुल नेपाली स्वरूपको विकास गर्न सक्नुपर्ने बताए ।



    अध्यक्ष दाहालले विकासको वातावरण बनाउनका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवद्र्धन गर्ने र आयात प्रतिस्थापन गर्ने लगायतका काम गर्नुपर्नेमा जोड दिए ।

    उनले मानिसहरुको जीवन सरल र सहज बनाउनको निम्ति कला र संस्कृतिको ठूलो भुमिका हुने बताए । कला र संस्कृतिले मानिसलाई सफल जीवन जिउनका लागि प्रेरणा दिने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार