Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • काठमाडौंको फोहोर व्यवस्थापनमा सकस : बाटैमा अड्किए सय ट्रक, थरीथरीका समस्या

    काठमाडौंको फोहोर व्यवस्थापनमा सकस : बाटैमा अड्किए सय ट्रक, थरीथरीका समस्या

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 978
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन थालिएको छ । आइतबारदेखि फोहोर उठाउन थालिए पनि थरीथरीका समस्या र ठाउँठाउँमा सिर्जना भएको अवरोधले फोहोर बोकेका एउटा पनि ट्रक ल्यान्डफिल्ड साइट पुग्न सकेका छैनन् ।

    काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोर बोकेका ट्रकलाई आइतबार काठमाडौं तारकेश्वर नगरपालिका–३ का स्थानीयले नै अवरोध गरे । खानेपानीको मुहानमा फोहोर फालेको भन्दै गाडी रोकेपछि बन्चरेडाँडा गएको गाडी बाटैमा रोकिए ।



    फोहोर फाल्नेहरूलाई कारबाही गर्न माग गर्दै सडक अवरुद्ध गरेपछि काठमाडौंबाट फोहोर लिएर गएका टिपर बन्चरेडाँडा जान रोकिएका थिए । फोहोर हटाउने र जनप्रतिनिधि तथा प्रहरीको सक्रियतामा फोहोर फाल्ने चालकको पहिचान गरी कारबाही प्रक्रिया अगाडि बढेपछि अवरोध हट्यो ।



    काठमाडौंको अवरोध हटे पनि लगत्तै ककनी गाउँपालिकास्थित कागती गाउँमा गाडीको ठक्करबाट बाख्रा मरेको भन्दै आइतबार नै फेरि अवरोध सिर्जना भयो । बाख्राको क्षतिपूर्ति दिने सहमतिपछि सो ठाउँको अवरोध हटे पनि फोहोर बोकेका ट्रकबीच बाटैमा रोकिएका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार