काठमाडौं । प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित भएको छ । एक चौथाई सदस्य संख्या ६९ जना उपस्थित हुनुपर्नेमा ६७ जनामात्रै सदस्य रहेकाले बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को दफावार छलफल सकिएसँगै अर्थमन्त्री जनार्दन शर्माले उठेका प्रश्नहरुको सन्दर्भमा जवाफ दिएका थिए ।
अर्थमन्त्री जनार्दन शर्माको जवाफपछि सभामुखको कुर्सीमा रहेकी उपसभामुख पुष्पा भुसालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को सम्बन्धमा अर्थ समितिको प्रतिवेदनको क्रम
संख्या १ देखि ११ सम्म उल्लेखित संशोधनहरुलाई निर्णयार्थ पस्तुत गर्न खोज्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या गणना गरेर मात्रै अघि बढ्न अनुरोध गरेका थिए ।
Leave a Reply