काठमाडौं । आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै ९७ हजार ८ सय रुपैयाँ पुगेको हो ।
गत शुक्रबार तोलामा ७ सय रुपैयाँले बढ्दै छापावाला सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढ्दै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा तोलामा २५ रुपैयाँले बढ्दै आज एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Leave a Reply