Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • को हुन् सलमान रुस्दीलाई आक्रमण गर्ने हाडी माटर ?

    को हुन् सलमान रुस्दीलाई आक्रमण गर्ने हाडी माटर ?

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । साहित्यिक कार्यक्रममा चक्कु हमलापछि गम्भीर घाइते भएका चर्चित उपन्यासकार सलमान रुस्दीको आँखाको शल्यक्रिया भइरहेको छ ।

    उनले एउटा आँखा गुमाउन सक्ने अनुमान गरिएको छ । आक्रमणकारीको पहिचान खुलेको छ । प्रहरीका अनुसार न्यु जर्सीका २४ हाडी माटरले रुस्दीलाई चक्कु प्रहार गरेका थिए ।



    माटरको सामाजिक सञ्जालको प्रारम्भिक समीक्षामा उनी सिया अतिवाद र इरानको इस्लामिक रिभोलुसनरी गार्ड आइआजीसी प्रति सहानुभूति देखाएको जनाइएको छ ।



    माटर र आइजीसीबीच कुनै सीधा सम्बन्ध नभए पनि अन्वेषकहरूले उनको सेल फोन मेसेजिङ एपमा सन् २०२० मा मारिएका इरानी कमाण्डर कासिम सुलेमानीको तस्बिरहरु फेला पारेको जनाइएको छ ।

    रुस्दी सहभागी स्टेजमा मटर अकस्मात उफ्रिएर उनको गर्धनमा कयौँ पटक चक्कु प्रहार गरेका थिए । मटर एक्लैले उक्त हमला गरेको प्रहरीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार