Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतीय नागरिकको अबैध धन्दा: चिनीभित्र लुकाएर किन ल्याए नौ लाख ?

    भारतीय नागरिकको अबैध धन्दा: चिनीभित्र लुकाएर किन ल्याए नौ लाख ?

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 3.7K
    SHARES

    राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १४ कोशी बलारबाट चिनीभित्र लुकाएको अवैध रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला बथनाह गाउँ पञ्चायत वडा नं १७ बस्ने २८ वर्षीय फूलकुमार मेहता हुन ।



    कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनमा भारतबाट नेपालतर्फ लुकीछिपी आउँदै गरेका उनलाई नेपाली रुपैयाँसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।



    मेहताले दुई किलो चिनीभित्र लुकाएर ल्याउँदै  गरेको नेपाली  नौ लाख फेला पारेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका मेहतालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धान भइरहेको भारतीले बताए ।

    उक्त रकम हुण्डीका लागि प्रयोग भएको आशंका गरिएको छ।  तर एक प्रहरी अधिकारीका अनुसार नेपालमा पैशा छरेर आतंक फैलाउनका लागि पनि उक्त रकम ल्याइएको शंका गर्दै  प्रहरीले अनुसन्धान थालेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार