Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • डोनाल्ड ट्रम्पले भने – घर खानतलासी पुर्जी सार्वजनिक गरे हुन्छ

    डोनाल्ड ट्रम्पले भने – घर खानतलासी पुर्जी सार्वजनिक गरे हुन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो घर खानतलासी गर्न जारी गरिएको पुर्जी सार्वजनिक गर्न आग्रह गरेका छन् ।

    उनले यसै साताको सुरुमा फ्लोरिडास्थित आफ्नो निवास मार–ए–लागोमा खानतलासी गर्न संघीय जाँचबुझ ब्यूरो (एफबीआई) का एजेन्टहरूलाई दिइएको पुर्जी सार्वजनिक गरिए पनि आफूले कुनै विरोध नगर्ने बताएका हुन् ।



    “म त त्यो पुर्जी तत्काल सर्वजनिक गरियोस् भन्न चाहन्छु । तर, अझै पनि दोहोर्‍याएर दाबी गर्छु कि त्यो खानतलासी अनावश्यक र राजनीतिक पूर्वाग्रहबाट प्रेरित थियो, एक विज्ञप्तिमार्फत ट्रम्पले भनेका छन् ।



    अमेरिकी न्यायमन्त्रालयले फ्लोरिडाको अदालतलाई सो पुर्जी सार्वजनिक गर्न अनुरोध गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार