एजेन्सी । न्यूड फोटोशुटको विषयमा अभिनेता रणवीर सिंहलाई सोधपुछका लागि मुम्बई प्रहरीले बोलाएको छ । अभिनेता सिंहलाई प्रहरीले २२ अगस्टमा हाजिर हुन भोको हो ।
रणवीरविरुद्ध मुम्बईको एक गैरसरकारी संस्थाले जाहेरी दायर गरेपछि मुम्बई प्रहीका केही अधिकारी शुक्रबार रणवीरको घरमा पुगेका थिए।
रणवीरविरुद्ध सामाजिक सञ्जालमा न्यूड फोटो शेअर गर्दै महिलाको भावनाको अपमान गरेको आरोप लगाइएको छ ।
एनजीओले दायर गरेको जाहेरीमा रणवीरले आफ्नो न्यूड फोटो सामाजिक सञ्जालमा शेयर गरेर महिलाको भावनामाथि आघात पुर्याएको आरोप छ ।
Leave a Reply