Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • महाकालीमा नुहाउने क्रममा दुई किशोरी बेपत्ता

    महाकालीमा नुहाउने क्रममा दुई किशोरी बेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    बैतडी । महाकाली नदीमा नुहाउने क्रममा दुई किशोरी बेपत्ता भएका छन् । बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित मौरामा महाकाली नदीमा नुहाउन गएका किशोरी बेपत्ता भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले मौराकै १४ वर्षीया संगिता टमटा र १५ वर्षीया कविता टमटा नदीमा नुहाउने क्रममा बेपत्ता भएको जानकारी दिए ।



    उनका अनुसार शुक्रबार दिउँसो करीब २ बजे घरबाट नुहाउन भनेर हिडेका उनीहरुसँगै रहेकी अर्की किशोरीले बेपत्ता भएको खबर गरेकी थिइन् ।



    अहिले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको टोली र स्थानीयहरुले बेपत्ता किशोरीहरुको खोजी कार्य गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार