काठमाडौं । अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेस प्रवेश गरेका छन् ।
दुई दर्जन बढि चलचित्रमा अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच काँग्रेस प्रवेश गरेका हुन् ।
उनलाई गृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाँणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए ।
मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरू महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए ।
Leave a Reply