काठमाडौं । भारत सरकारले सबैलाई मास्क लगाउन निर्देशन दिँदै माक्स नलगाउनेलाई ५ सय जरिवाना तोकेको छ ।
त्यहाँ कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा मास्क अनिवार्य गर्दै मास्क नलगाउनेलाई जरिवाना तोकेको हो ।
निजी कारमा यात्रा गर्नेहरूले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम दिल्ली सरकारले निर्धारण गरेको छ ।
दिल्लीमा पछिल्लो २४ घण्टामा २ हजार १सय ४६ संक्रमित भेटिएका थिए भने ८ जनाको मृत्यु भएको छ ।
Leave a Reply