Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • देशभर काेराेनाकाे आशंकामा १ लाख ३२ हजार बढीकाे नमूना परीक्षण

    देशभर काेराेनाकाे आशंकामा १ लाख ३२ हजार बढीकाे नमूना परीक्षण

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपालमा हालसम्म १ लाख ३२ हजार १ सय ९२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९४ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

    ४५ हजार ९ सय ५७ जनाको पिसिआर र ८६ हजार २ सय ३५ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।



    मुलुकभर हाल ५ सय ८ जना अस्पतालको आईसोलेसनमा छन् भने ३२ हजार ५ सय ८७ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ। संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना उपचारपछि डिस्जार्च भएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार