Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रामचन्द्र पौडेल भन्छन् – देश बनाउन भावना, कल्पना र सपना चाहिन्छ

    रामचन्द्र पौडेल भन्छन् – देश बनाउन भावना, कल्पना र सपना चाहिन्छ

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताएका छन् ।

    बिहीबार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली कांग्रेस र साहित्य विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताए ।



    उनले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जगाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताएका हुन् ।



    कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको पहिचान नै समाप्त हुने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार