Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • बालुवाटारमा पाँचदलीय गठबन्धनको कार्यदलको बैठक सुरु

    बालुवाटारमा पाँचदलीय गठबन्धनको कार्यदलको बैठक सुरु

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 804
    SHARES

    काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडका लागि बनेको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

    आजको बैठकमा सबै दलबाट प्रतिनिधित्व गरेका नेताले सिट बाँडफाँडका लागि पार्टीका आधार प्रस्तुत गर्ने भएका छन् । कार्यदलको संयोजकमा काँग्रेस नेता कृष्णप्रसाद सिटौला तोकिएका छन् ।



    ११ सदस्यीय कार्यदलमा काँग्रेसबाट सिटौला, गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।



    माओवादी केन्द्रबाट वर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार