Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपालमा एक वर्षमा भित्रियो चार अर्बको विदेशी मदिरा

    नेपालमा एक वर्षमा भित्रियो चार अर्बको विदेशी मदिरा

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालमा एक वर्षको अवधिमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८–७९ को अवधिमा उक्त मूल्य बराबरको मदिरा नेपालले विभिन्न देशबाट आयात गरेको हो ।

    २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा ३ अर्ब ७१ करोड १५ लाख १६ हजार रुपैयाँको विदेशी मदिरा नेपाल भित्रिएको विभागले जनाएको छ ।



    सो अवधिमा उक्त मूल्यमा ६७ लाख ७८ हजार ३७१ लीटर विभिन्न प्रकारका विदेशी मदिरा नेपाल भित्रिएको छ । गत आर्थिक वर्ष २०७८–७९ मा २ अर्ब ३७ करोड ५६ लाख ७ हजार रुपैयाँको ह्विस्की, ३८ करोड १ लाख ९९ हजार रुपैयाँको वाइन, १ करोड २५ लाख ९० हजार रुपैयाँको जिन र १ करोड २८ लाख ८६ हजार रुपैयाँको भोड्का नेपालले आयात गरेको छ ।



    बेल्जियम, चीन, जर्मनी, भारत, आयरल्याण्ड, सर्विया, सिंगापुर, अष्ट्रेलिया, चिली, इटाली, जापान, दक्षिण अफ्रिका, स्पेन, अमेरिका, अर्जेन्टिना, फ्रान्स, भियतनाम, आयरल्याण्ड, पोर्चुगल, न्युजिल्याण्ड, साउदी अरेबिया, बेलायत, ब्राजिल, नेदरल्याण्ड्स, स्वीडेन, मेक्सिको, पोल्याण्ड लगायतका देशबाट नेपालमा विभिन्न प्रकारका मदिरा आउने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार