Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • जनै पूर्णिमा र गाईजात्रा भोलि एकैदिन

    जनै पूर्णिमा र गाईजात्रा भोलि एकैदिन

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै सुरू हुने पूर्णिमा तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने छ ।



    शुक्रबार नै प्रतिपदा पनि सुरू हुने भएकाले एकै दिन जनैपूर्णिमा र गाईजात्रा पर्व मनाउनु पर्ने समितिको भनाइ छ ।



    शुक्रबार बिहान ७ बजेर २५ मिनेटमा पूर्णिमा तिथि सकिने भएपनि रक्षाबन्धन तथा जनै धारण गर्न मिल्ने पनि समितिले जनाएको छ ।

    नेवार समूदायले जनै पूर्णिमाको भोलिपल्ट अर्थात प्रतिपदाको दिन वर्षभरी दिवंगत भएका आफन्तहरुको सम्झनामा गाईजात्रा निकाल्ने गर्दछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार