एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्राइमियाबाट सुरु भएको र यसको स्वतन्त्रतासँगै अन्त्य हुनुपर्ने बताएका छन् ।
क्राइमियाको एउटा रुसी वायु सैनिक अखडामा भएका श्रंखलाबद्ध विस्फोटनसँगै उनको यस्तो भनाइ आएको हो । विस्फोटनमा एक जनाको ज्यान गएको थियो ।
मंगलबारको सो विस्फोटबारे केही उल्लेख नगरिकन जेलेन्स्कीले भने, ‘क्राइमिया युक्रेनीहरूको हो, हामी यसलाई कहिल्यै त्याग्ने छैनौँ ।’
रुसको रक्षा मन्त्रालयले सो अखडामा बम विस्फोट भएको जनाएको छ । यसैगरी युक्रेनले ती विस्फोटमा आफ्नो कुनै हात नभएको दाबी गरेको छ ।
Leave a Reply