Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

    स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 897
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च तहका अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

    स्वास्थ्यमन्त्री भवानी खापुङले राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सञ्जय ठाकुर स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिएका छन् ।



    राष्ट्रिय क्षयरोग केन्द्रमा भने लामो समयदेखि फाजिलमा रहेकी डा. रिता जोशी पठाइएकी छन् । त्यसैगरी, फाजिलमा रहेका नारायण ढकाललाई प्रदेश १ मा पठाइएका छन् । यसअघि उनी औषधि व्यवस्था विभागका महानिर्देशक थिए ।



    यस्तै डा. विश्वबन्धु बगालेलाई किटजन्य रोग केन्द्र हेटौंडा पठाइएको छ भने केन्द्रका प्रमुख डा.केशव पण्डितलाई स्वास्थ्य मन्त्रालयमा आएका छन् ।

    डा. संगीता मिश्रा प्रमुख विशेषज्ञमा बढुवा भएसँगै एक महिनाभन्दा बढी समयदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी तोकिएको छैन । डा. मिश्राको बढुवा भएसँगै सहप्रवक्ता डा. समीर कुमार अधिकारीले प्रवक्ताको भूमिका निर्वाह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार