एजेन्सी । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस(कोभिड–१९) का कारण विश्वभर ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५३ लाख नाघेको छ ।
तर चीनमा भने कोरोना संक्रमण क्रमशः कम हुँदै पछिल्लो २४ घन्टामा १ जना पनि संक्रमित देखिएका छैनन् ।
चीनले वुहानमा लकडाउनको पूर्णतया पालना गर्दा कोरोना संक्रमण अरु राज्यमा त्यति फैलिन पाएन । र, परीक्षणलाई ब्यापक बनाउने काम चीनले गर्यो ।
त्यसकै फलस्वरुप चीनमा पछिल्लो २४ घन्टामा एक जना पनि संक्रमित देखिएका छैनन् । शुक्रबार कोरोना संक्रमितको कुनै नयाँ केस नदेखिएको चीन सरकारले जनाएको छ । शुक्रबार बसेको चिनियाँ कम्युनिष्ट पार्टीको बैठकले यसलाई महत्वपूर्ण उपलब्धी भनेको छ ।
चीनमा कोरोना संक्रमण नियन्त्रणको दिशातर्फ अघि बढेको छ । चीनमा ८२ हजार ९७१ कोरोना संक्रमित छन् । निको हुनेको संख्या ७८ हजार २ सय ५८ छ । चीनमा मृत्युदर पनि अति कम देखिएको छ ।
चीनमा कोरोना संक्रमणबाट ४ हजार ६३४ को मृत्यु भएको छ । एक्टीभ केस ७९ मात्र छन् । यसले पनि चीनले कोरोनालाई जितेको छ । यद्यपि पश्चिमा देशहरुले चीनले तथ्यांक लुकाएको आरोप लगाउँदैआएका छन् ।
चीनले कोरोनालाई जितेर आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहँदा यूरोप र अमेरिका लगायतका अरु देशमा भने कोरोना फैलिने क्रम तीव्र छ । दिनमा १ लाख भन्दा बढी दरले कोरोना संक्रमित बढी देखिएको छ । भारतमा पनि कोरोना संक्रमित थपिने क्रम तीव्र छ । भारतमा १ लाख २५ हजार १४९ मा संक्रमित भएका छन् ।
Leave a Reply