धनगढी । त्रिभुवन विमानस्थलबाट मुम्बई जान लाग्दा जहाज रोकेर पक्राउ परेका सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष सन्तोष लामिछाने धरौटीमा छुटेका छन्।।
भारतको पञ्जाबबाट करोड बढी मूल्यको सुन चोरीको प्रकरणका आरोपी लामिछानेसहितका ६ जना मंगलबार छुटेका हुन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीले १०/१० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएपछि धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलाली प्रहरीले लामिछानेसहितका ६ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाएको थियो। सुन व्यवसायी लामिछानेलाई प्रहरीले गत १८ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो ।
Leave a Reply